काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आएका चुनौतीहरू समाधान गर्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरेका छन्। प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग…