काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनोटमा कडा र नौलो मापदण्ड अपनाएको छ । पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कुनै पनि नेतालाई यसपटकको समानुपातिक बन्दसूचीमा समावेश नगर्ने निर्णय गरेको हो । समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन (आज) बिहान पार्टी शीर्ष नेतृत्वबीच भएको छलफलले…