काठमाडौं । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाब प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् ।…