काठमाडौं । ग्रीनल्यान्डलाई लिएर भइरहेको खिचातानी र अमेरिकाले लगाएको ‘ट्यारिफ’ (भन्सार शुल्क)को मारमा परेका युरोपेली देशहरूबारे रुसी राष्ट्रपतिको कार्यालयको आधिकारिक भनाइ सार्वजनिक भएको छ । क्रेमलिनले युरोपेली देशहरूले आफूलाई रुसमाथिको निर्भरताबाट मुक्त गरे पनि उनीहरू अहिले अमेरिकामाथिको एउटा नयाँ ‘निर्भरता’को सिकार भएको भनेको छ । रुसले द्विपक्षीय आर्थिक सम्बन्ध बिग्रनुमा पश्चिमी प्रतिबन्धहरूलाई जिम्मेवार ठहराएको छ…