भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको बीबीसीले जनाएको छ । अमेरिकी प्रशासनले मादुरोलाई ‘विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करहरूमध्ये एक’ भएको…