काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ खेलाडीले मलेसियामा हुने प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । नेपाली राष्ट्रिय टिमका सीता रानामगर, कविता जोशी, राजमती ऐरी, रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरले मलेसियन क्रिकेट संघको आयोजनामा हुने एमसीए महिला इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा सहभागिता जनाउने भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्तिमार्फत…