काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने-बर्दघाट खण्डअन्तर्गत खुर्साने खोला नजिक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मंगलबाररातिको वर्षाका कारण सडकको केही भाग बगाएपछि यातायात सेवा ठप्प भएको सडक आयोजनाले जनाएको छ । सडक मर्मतको कार्य यथासम्भव छिटो सुरु गरिने भए पनि तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । मनसुन सुरु भएदेखि नै…