तेस्रो दिन पनि शेयर बजारमा हरियाली, नेप्से २८.९१ अंकले उकालो

नेप्से सूचक लगातार तेस्रो दिन उकालो लाग्दै आज २८.९१ अंकले वृद्धि भई २,६६०.३९ बिन्दुमा पुगेको छ। उत्पादन र व्यापार समूहबाहेक सबै सूचकहरू हरियालीमा रहे। विशेषगरी, माइक्रोफाइनान्स र लगानी समूह क्रमशः २% भन्दा बढीले उकालो लागेका छन्। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ। हिजो ६.३८ अर्बको कारोबार भएकोमा आज ३०९ कम्पनीका १.५७ करोड…