आन्दोलनको ४८औँ दिनमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डका कर्मचारीबीच सहमति

काठमाडौं । विगत ४८ दिनदेखि चरणबद्ध आन्दोलनामा रहेका नेपाल धितोपत्र बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति भएको छ । आइतबार मन्त्रालयमा बसेको बैठकले कात्तिक मसान्तभित्र कर्मचारीहरूको माग पूरा गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए । उनले भने, ‘हामीले राखेको माग कात्तिक मसान्तसम्म पूरा गर्ने…