काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि ०८१ भदौमा मनिष रायमाझीलाई कुटपिट गरी घाइते अवस्थामा छाडेर भागेको अभियोग लागेको थियो…