काठमाडौं । पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । यादव नियुक्ति भएको २०६६ साल जेठ २४ देखि २०७९ साल साउन २९ गतेसम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान…