काठमाडौं । भिसा पाएसँगै वेस्ट इन्डिजविरुद्ध हुने टी-२०आई शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्दैछ । नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण युएईले नेपालीहरुलाई पर्यटक भिसा र कामदार भिसा दुबैमा रोक लगाउँदा नेपालको युएई यात्रा रोकिएको थियो । अन्ततः आइतबार भिसा आएसँगै टोली सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।…