एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।  प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्। आँफूलाई भन्दा बढी…