नेपाल-भारत ऊर्जा सहकार्य : विद्युत् खरिद दरमा १.५ प्रतिशत मात्र वृद्धि गर्ने सहमति

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदान-प्रदानलाई निरन्तरता दिने उद्देश्यले आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट नेपालले विद्युत् आयात गर्ने समझदारी भएको छ । पोखरामा सम्पन्न नेपाल-भारत विद्युत् आदान-प्रदान समितिको १७औँ बैठकले यस्तो निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार दुवै देशबीच पीइसी (पावर एक्सचेन्ज कमिटी) संयन्त्रमार्फत विद्युत् खरिद-बिक्री गर्ने…