सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन्। स्थानीय रामविनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादवको शव धनकौल–४ स्थित मनुष्मारा खोलामा फेला परेको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीका अनुसार गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बुधबार साँझ खोलामा…