शवको डीएनए परीक्षण गर्न भारतबाट फरेन्सिक टोली नेपालमा

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका व्यक्तिको डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट फरेन्सिक विशेषज्ञहरूको टोली नेपाल आइपुगेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार १८ जना विशेषज्ञ सम्मिलित टोली नेपाल आएको हो। टोलीले शवको वैज्ञानिक परीक्षण तथा पहिचान प्रक्रियामा नेपाली निकायलाई प्राविधिक सहयोग गर्नेछ। बाढीमा ज्यान गुमाएकाहरूको शव प्राप्त हुने क्रम…