युक्रेनी राजधानी किएभमा रुसी आक्रमण, १५ जनाको ज्यान गयो

काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको छ । किएभको सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले रुसी आक्रमणमा ४ बालबालिकासहित १५ जनाको ज्यान गएको अन्य धेरै घाइते भएका बताउनुभएको बीबीसीले जनाएको छ । यद्दपि घाइते भएकाहरूको सङ्ख्या उपलब्ध छैन । ज्यान गुमाउनेमा एक जना २ वर्षका पनि रहेका छन् ।…