आज भाद्र कृष्णपक्ष पञ्चमी: कोलमतीघाटमा स्नान गरिँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ । कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए…