सोरु गाउँपालिकामा २३ लाखको भ्रष्टाचार, ११ जनाविरुद्ध मुद्दा

काठमाडौं । मुगुको सोरु गाउँपालिकामा सडक निर्माणको योजनामा अनियमितता गरिएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडा नं. १० मा रहेको शहीदगेट–कोट सडक योजनामा उपभोक्ता समिति गठन नहुँदै कार्यादेश दिइएको, नापजाँच नगरी काम बढी भएको…