राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका संघ (आइपीयु)को १५१औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही १९–२३ अक्टोबरमा…