अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली महिला टोलीको बिदाइ

काठमाडौं । इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न सिक्किम जाने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आउँदो शुक्रवार ७ गते इरानसँग र कात्तिक १० गते भारतसँग खेल्नेछ । २ वटै खेल शिलोङको…