पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा मृत्युदण्डको माग

ढाका । बंगलादेशका अभियोजन वकिलले बिहीबार मुलुकबाट पलायन भएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेस गरेका छन् । अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई-अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिए, जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो ।…