काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । बस्तीमा डाेजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ । महानगरकाे नगर प्रहरीकाे टाेली सुकुम्बासी बस्तीमा बनेकाे नयाँ बनेका घर टहरा हटाउन…