सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा १ को मृत्यु, ३ जना बेहोस

पाँचथर । बुधवार साँझ पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा ४ जना श्रमिक बेहोस भएका थिए । बेहोस भएका मध्ये ३५ वर्षीय रतन चेम्जोङलाई इलाम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था…