काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताएका हुन् । दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा…