ओलीको भारत भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुग्ने

काठमाडौं । भारतका लागि पूर्व राजदूतसमेत रहेका परराष्ट्रविद् नीलाम्बर आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले सम्बन्ध नयाँ उचाइँमा पुग्ने बताएका छन् । उनले भने, ‘भारतसँगको राजनीतिक सम्बन्ध र समझदारीलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणलाई लिनुपर्छ ।’ दुई देशबीच राजनीतिक समझदारी सहज भए आर्थिक सहयोग, विकास साझेदारी र लगानी…