काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्री गुरुङले भन्नुभयो, हामीले तीन पटकसम्म दर्ताको लागि आह्वान गरेका थियौँ तर कुनै प्रतिक्रिया आएको छैन। त्यसैले अब सरकारले नियमनको बाटो अँगाल्नेछ। उनले स्पष्ट पारे नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जालले…