काठमाडौं । घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ। खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् प्रहरी नायब निरीक्षक विश्वनाथ…