फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको छ । फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले सेप्टेम्बर महिनामा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा औपचारिक रूपमा सो कुरा राख्ने सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका हुन् । उनले गाजामा तत्काल राहत उपलब्ध गराउन तथा युद्ध विराम आवश्यक भएको समेत बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्याक्रोनले हमासको…