कम उमेरमै आमा बन्ने क्रम रोकिएन

मकवानपुर । मकवानपुर जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालविवाह विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएतापनि कम उमेरमा आमा बन्ने क्रम रोकिएको छैन । जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार गरेको स्वास्थ्य अभिमुखिकरण कार्यक्रममा प्रस्तूत तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिनामा चार सय ५८ जना किशोरी आमा बनेका छन् । कार्यालयले दिएको तथ्यांक अनुसार जिल्लाभर…