वैकल्पिक रोजगारीको व्यवस्था भए पेशा परिवर्तनका लागि तयार: महिला यौनश्रमिक

मकवानपुर । वैकल्पिक रोजगारीको अवसर पाए पेशा परिवर्तनका लागि आफूहरु तयार रहेको महिला यौन श्रमिकहरूले बताएका छन् । आफूलाई नागरिकभन्दा तल्लो दर्जामा राखिएको भन्दै उनीहरूले सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरे । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को आयोजनामा हेटौंडामा आयोजित यौन श्रममा संलग्न व्यक्तिहरुको अधिकारको सम्बन्धी छलफल कार्यक्रममा सहभागी यौनकर्मीहरूले…