काठमाडौं । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार यो संख्या शनिबारसम्मको हो । विशाक्त मदिरा सेवनका कारण ४० जना नेपाली बिरामी परेर अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको उनले बताए । बिरामीमध्ये केही गम्भीर अवस्थामा र कतिपय सामान्य अवस्थामा उपचाररत छन् ।…