पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो । पहिलो पल्ट शत प्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी, स्वदेशी सीप र पुँजीमा इन्धन डिपो निर्माण गरिएको हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर…