काठमाडौं । इजरायलले इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले इरानमाथि पूर्ण हवाई नियन्त्रण हासिल गरेको बताएका बीबीसीले जनाएको छ । इजरायलले इरानको एक तिहाइ मिसाइल प्रक्षेपण यन्त्र नष्ट गरेको ब्रिगेडियर जनरल एफी डेफ्रिनले मिडिया ब्रिफिङ्गका क्रममा बताउनुभयो । इजरायलले आफ्नो वायुसेनाले रातभरि आक्रमणको लहर चलाएको बताएको छ भने…