बहराइनलाई हराएसँगै नेपालको सुपर-३ को सम्भावना कायम

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ । बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्ने सम्भावना कायम राखेको हो । थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको…