काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजना स्थगन गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै चन्दले ट्रम्पको कार्यकारी आदेशबाट एमसीसी स्थगन भएकामा नेपाली जनतामा सकारात्मक प्रभाव परेको बताए । चन्दले एमसीसी सधैंका लागि स्थगन गर्न पनि माग गरे ।…