काठमाडौं । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्रालाई निलम्बन गरेको छ । संवैधानिक अदालतले ७–२ को मतबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई आफ्नो बचाउ पेस गर्न १५ दिनको समय दिइएको जनाइएको छ । प्रधानमन्त्री सिनावात्राले पूर्वकम्बोडियाली नेता हुन सेनसँग गरेको टेलिफोन कुराकानी चुहावट भएको थियो । त्यसपछि राजीनामा गर्न उनीमाथि दबाब थियो…