काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा यू-१९ टोलीकी स्पिनर रचना चौधरीले डेब्यू गरेकी छिन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार थाइल्यान्ड्सविरूद्धको खेलमा रचनाले डेब्यू गरेकी हुन् । उनी भर्खरै आइसिसी यू-१९ विश्वकप खेलेर फर्किएकी बलर हुन् । उनले विश्वकपमा स्कटल्यान्डविरूद्ध २ र बंगलादेशविरूद्ध १ विकेट लिएकी थिइन् । उनी…