सर्लाहीमा भ्रष्टाचार अभियोग : पूर्व अध्यक्षसहित १० जना विरुद्ध मुद्दा दायर

सर्लाही। करिब साढे २ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सार्वजनिक रकमको दुरुपयोग गरेको आरोप लगाउँदै मुद्दा अघि बढाएको हो। आयोगका अनुसार, आर्थिक वर्ष २०७८\७९ मा गाउँपालिकाले सौर्य बत्ती जडानका लागि छुट्याएको बजेटलाई खण्ड–खण्डमा बाँडेर…