भारतले नेपाली भूमिमा तटबन्ध बनायो, सरकार चुप

दार्चुला । भारतले दार्चुलास्थित महाकाली नदीमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ । तर, नेपालले उक्त तटबन्धको निर्माण रोक्न भारतीय पक्षलाई भनेको छैन ।भारतले दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा धमाधम तटबन्ध बनाइरहेको छ । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको उक्त जमिन नेपालको भए पनि ११ वर्षअघि आएको बाढीले भारततर्फ परेको थियो ।…