हङकङ र लाओसविरूद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् । रसले सोमबार २३ सदस्यीय टोली टुंगो लगाएका हुन् । राष्ट्रिय टोली मंगलबार हङकङ प्रस्थान गर्नेछ र मैत्रीपूर्ण खेलपछि लाओस जानेछ । नेपाल र हङकङबीच आगामी जुन ५…