जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ । नेपालीहरुको आराध्यदेव महादेवले स्वयं गरेकाे यस महालिङ्गको पूजाअर्चना र दर्शनका लागि यस महाशिवरात्रिमा विशेष तयारी भइरहेको महाशिवरात्रि समितिका पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए…