मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् । बिहीबार बसेको बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विना लामाले विपद्को पूर्वतयारी गर्न माग गरिन् । अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक…