काठमाडौं । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरत बहादुर रावत 'डोटेली कान्छा' निर्विरोध चयन भएका छन्। प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट, उपमहासचिवमा प्रेम बिबश चन्द, सांगठनिक सचिवमा विष्णु भक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सहकोषाध्यक्ष धनसरा साउँद…