भारत र पाकिस्तानी सेनाबिच कश्मीरमा गोली हानाहान

श्रीनगर (भारत) । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबिचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल कश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ । इस्लामाबादले…