हिमानी शाह द्वारा कालभैरवको पूजा अर्चना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौँ हनुमानढोका दरबार परिसरमा रहेको कालभैरवको पूजाअर्चना गरेकी छन् । माघ कृष्ण अष्टमीको शुभसाइतमा बुधबार साँझ पूर्वयुवराज्ञी शाहले देश र जनताको कल्याणको कामना गर्दै कालभैरवको पूजाअर्चना गरेकी हुन् । पूजाअर्चनाका लागि हनुमानढोका दरबार परिसरमा पुगेकी शाहलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए । अष्टमीका दिने कालभैरवमा गरिने पूजा तथा उपासनाले…