आज पनि दसैंको टीका लगाइँदै, सार्वजनिक विदा आजसम्म

काठमाडाैं । बडादसैंको द्वादशी आज पनि अधिकांश स्थानमा टीका लगाउने क्रम जारी छ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ। टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन छ। कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत…