काठमाडौं । आज शुक्रबार सार्वजनिक विदा भए पनि राज्यव्यवस्था समितिको बैठक बस्ने भएको छ । संघीय निजामति सेवा विधेयकमा छलफल गर्न समितिका सभापति रामहरि खतिवडाले बैठक बोलाएका हुन् । बैठक बिहान साढे ११ बजे बस्नेछ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई समितिले अन्तिम रुप दिने तयारी गरेको…