ब्राजेलीयन खेलाडीलाई ८० हजार पाउन्ड जरिवाना, २ खेलमा प्रतिबन्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लबका एक खेलाडीलाई जरिवानासहित २ खेलमा प्रतिबन्ध लगाइएको छ ।  उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए) ले जरिवानासहित २ खेलमा प्रतिबन्ध लगाएको हो। गत साता लिग खेलमा  ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सवीच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए । उक्त खेलमा उल्भर ह्याम्टन २–१ ले पराजितसमेत भएको थियो…