राजावादी समूहभित्रै मारामार सुरु, दुर्गा प्रसाईंलाई निर्मल निवास प्रवेशमा रोक

काठमाडौं। आइतबार राजधानीमा राजावादी समूहले प्रदर्शन ग-यो । पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने क्रममा राजावादीहरुले विमानस्थलबाट निर्मल निवाससम्म पूर्वराजा ज्ञानेन्द्रलाई बीचमा राखेर प्रदर्शन गरे । प्रदर्शनमा पूर्वपञ्चहरुको पार्टी भनेर चिनिने राप्रपा, राप्रपा नेपाल, मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह, नेपाली सेनाबाट सेवा निवृत्त भएकाहरुको समूह, हिन्दूवादी र विगतमा दरबारबाट फाइदा लिएकाहरु सहभागी थिए ।…