दशैं घरमा जमरा राखियो

काठमाडौँ । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा जमरा राखिएको छ । बिहीबार बिहान ९ बजेर १६ मिनेको शुभसाइतमा विधिपूर्वक दशैं घरमा जमरा राखिएको हो । त्यस क्रममा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै हर्ष बढाईं गरेको थियो । दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ…